वीरगन्ज :

जनकपुरका थप तीनवटा अवैध अस्पताल बन्द

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.8kViews
1514 Shares

जनकपुर,२८ माघ । जनकपुरधाममा थप तीनवटा अवैध अस्पताल बन्द भएका छन्। अरमान हस्पिटल प्रा.लि., जनकपुर सीता हस्पिटल प्रा.लि., र बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबारदेखि बन्द भएका हुन्। यी अस्पतालका सञ्चालकहरूले आफैं ताला लगाएर साँचो मधेश सरकारलाई बुझाएका छन्।

उपचारमा लापरवाहीका घटनाहरू बाहिरिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरधामको मुस्कान अस्पताल शनिबार नै बन्द गरिएको थियो। जनकपुरमा अधिकांश अस्पताल दर्ताबिना सञ्चालनमा रहेका छन्, जसले बिरामीको जीवनसँग खेलबाड भइरहेको छ। मुख्यमन्त्री सिंहले शनिबार २० वटा निजी अस्पतालमा अनुगमन गरेका थिए, जसमा अधिकांश अस्पताल बिना दर्ता र मापदण्डविपरीत पाइएको थियो।

मुख्यमन्त्री सिंहले बिना दर्ता चलिरहेका अस्पताललाई बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी आइतबार ११ बजेसम्म साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए। नभए सरकारी टोली परिचालन गरी बन्द गर्ने चेतावनीसमेत दिएका थिए। उनको निर्देशनअनुसार तीनवटा बिना दर्ता सञ्चालित अस्पतालले ताल्चा लगाएर साँचो सरकारलाई बुझाएका छन्।

अनुगमन समितिका सदस्य सन्तोष ठाकुरका अनुसार अब अन्य अस्पताललाई के गर्ने भन्नेबारे छलफल भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *