वीरगन्ज :

जथाभावी फोहोर फाल्ने होटललाई २५ हजार जरिबाना

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.8kViews
1444 Shares

वीरगंज । शौचालयको फोहोर सोझै नालामा खसाउने वीरगंजको आदर्शनगरस्थित होटल कन्ट्री इनलाई वीरगंज महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना गरेको छ । होटल एशोसियशन पर्साका अध्यक्ष हरि पन्तद्वारा संचालित होटल कन्ट्रि इनले शौचालयको दुर्गन्धित फोहोर सोझै नालामा खसाएको भेटेपछि जरिबाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए । होटलले सरसफाईमा लापरवाही गरेको भेटिएपछि कारबाही स्वरुप जरिबाना गरिएको मियाँले बताए ।

वीरगंज महानगरपालिकाले नगर सफाईमा कडाई गर्दै आएको छ । जथाभावी फोहोर फाल्ने संघसंस्था तथा व्यक्तिलाई जरिवाना गर्दै आएको महानगरले फोहोर संकलनका लागि दैनिक तीन पटक टोलटोलमा ट्याक्टरसहित सफाइकर्मी परिचालन गर्ने गरेको छ ।

सरसफाईमा शुन्य सहनशीलता अपनाएको महानगरले जथाभावी फोहोर फाल्ने जो कोहीलाई पनि जरिबाना गरेर सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *