वीरगन्ज :

जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई ५० हजार जरिबाना

जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई ५० हजार जरिबाना

श्रेणी : BANNER

2 years
Pradeep Sah
9Views
0 Shares

वीरगंज (पर्सा), २२ वैशाख । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियानका साथ सरसफाईलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाही गरेको हो ।

वीरगञ्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हड्डी खसाएर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार जरिबाना गरेको हो । महानगरले यस अघि सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिबाना गरेको थियो ।

नगर सफा राख्न वीरगञ्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३/३ पटक फोहोर संकलन गर्नुकासाथै ब्रुमरमार्फत सडक बढार्ने काम गरिरहेको छ । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *