२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई वर्तमान संकटबाट संवैधानिक सीमाभित्रै रहँदै निकास दिलाउने प्रयास गरिरहेको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले हालको जटिल परिस्थितिमा लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम राख्ने विषयमा निरन्तर छलफल र प्रयास भइरहेको स्पष्ट पारेका छन्।
देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहँदै कसरी निकास दिन सकिन्छ र लोकतन्त्र तथा शान्ति सुव्यवस्था कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा म निरन्तर विचार–विमर्श र पहल गर्दैछु,’ वक्तव्यमा भनिएको छ।
प्रतिक्रिया