
श्रेणी : राजनीति
काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग गरकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्दा जमिनको खण्डीकरण बढाउने भएकाले निर्णय सच्याउन माग गरेकी हुन् ।
उनले कित्ताकाट खोल्दा जमिन दलालीकरण बढ्ने बताइन् । उनले भनिन्, ‘कित्ताकाट खोल्दा जमिनको खण्डीकरण बढाउँछ । कृषिभूमि समाप्त पार्ने बाटो खुल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । खाद्या संकट बढ्छ । त्यसैले निर्णय सच्याउन सरकारको ध्यानकर्षण गराउन चाहन्छु ।’
धेरै स्थानीय तहले भूउपयोग योजना बनारहेका बेला कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित भएको बताइन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया