वीरगन्ज :

जग्गाको विवादमा महागढीमाई नगरपालिकाको पक्षमा उच्चको अन्तरिम आदेश

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.9kViews
1664 Shares

बारा, ५ चैत्र –  साबिक महेशपुर गाउ विकास समितिको वडा नम्बर १ मा पर्ने जग्गा महागढीमाई नगरपालिका वडा नम्बर १० मा कायम रहेको उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजले परमादेश जारी गरेको छ।

इजलास नम्बर ४ का न्यायाधीशद्वय हरि प्रसाद पौडेल र नेत्र प्रकाश आचार्यको संयुत इजलासले उक्त परमादेश जारी गरेको हो। नेपालको राजपत्र खण्ड ६७, संख्या ७, मिति २०७४ साल जेष्ठ ११ गतेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सुचना अनुसार, सावित महेशपुर गाबिस वडा नम्बर १ अहिले महागढीमाई नगरपालिका वडा नम्बर १० मा पर्ने गरी पालिकाको संख्या थप, हेरफेर र स्तरोन्नति गरेर तिनीहरूको नाम, संख्या, सीमाना र वडाको विभाजन गरी वडाको सीमा कायम गरेको देखिन्छ। त्यसैले उच्च अदालतले महागढीमाई नगरपालिकामा नै कायम गर्ने अन्तरिम आदेश जारी गरेको छ।

सावित महेशपुर गाबिसको वडा नम्बर १ मा पर्ने जग्गाका सम्बन्धमा कलैया उपमहानगरपालिकाले जग्गाको सम्पत्ति कर तथा सिफारिस नगर्न आदेश दिइएको छ। उच्च अदालतको नियमावली २०७३ को नियम ४२ को (१) बमोजिम मिति २०८१ साल चैत्र ५ गते अन्तरिम आदेश जारी भएको उच्च अदालत बिरगंजले जनाएको छ।

महागढीमाई नगरपालिकातर्फबाट अधिवक्ताहरु शिवबहादुर कोईराला, श्याम बिहारी प्रसाद, परमहंस केसरी, डा. सुसिल कुमार साहले बहस गरेका थिए भने कलैया उपमहानगरपालिकातर्फबाट अधिवक्ता बिनोद साह, शिवनाथ प्रसाद यादवले बहस गरेका थिए।
सो जग्गाको दावी कलैया उपमहानगरपालिकाले गर्दै आएकोमा उच्च अदालतको अन्तरिम आदेश पछि महागढीमाई नगरपालिका वडा नम्बर १० मा सो जग्गा रहेको निर्णय गरेको हो। उच्च अदालतको आदेशपछि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव (उपन)ले खुशी व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *