श्रेणी : BANNER
वीरगंजमा । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे कार्यालयमा चाेरी भएकाे छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे राेजगार सेवा केन्द्रमा रहेकाे इन्टरनेटकाे राउटर चाेरी भएकाे हाे ।
मंगलबार राति अज्ञात व्यक्तिले सेवा केन्द्रकाे राउटर चाेरेर लग्नु साथै इन्टरनेटकाे तार समेत काटी दिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । जस कारण गाउँपालिकामा हुने इन्टरनेटबाटकाे सेवा प्रभावित भएकाे उनले वताए ।
यस अघि १५ दिन पहिला पनि जगरनाथपुर गाउँपालिकाकाे याेजना शाखाकाे राउटर चाेरी भएकाे थियाे ।
स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाकाे कामकाज प्रभावित पार्ने उद्देश्यले नै गाउँपालिबाट राउटर चाेरी गर्ने र इन्टरनेटकाे तारहरु काटिदिने गरेका बुझिएकाे छ । कालिका टाईम्स
प्रतिक्रिया