श्रेणी : मधेस
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ औंराहामा बुधबारदेखि एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम सुरु भएकाे छ ।
जगरनाथपुर गाउँपालिकाकाे समन्वयमा लघु घरेलु तथा साना उद्याेग प्रवर्धन केन्द्रद्वारा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका हुन् ।
तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले सिप सिकेर आफ्नै मुलुकमा राेजगार गर्न तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।
२० जनाकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् । कालिका टाईम्स
प्रतिक्रिया