वीरगन्ज :

जगरनाथपुरकाे ८ औं गाउँ सभा सम्पन्न

जगरनाथपुरकाे ८ औं गाउँ सभा सम्पन्न

श्रेणी : BANNER

2 years
Pradeep Sah
49Views
0 Shares

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न गाउँ सभाले आर्थिक बर्ष २०७९/०८० काे लागि केही याेजनाहरु संशाेधन गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाले केही याेजनाहरु संशाेधन गर्नुकाे साथै केही ऐन समेत सर्वसहमत  पारित गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाउँ सभालाई सम्बाेधन गर्दै ‍गाउँपालिका अध्यक्ष यादवले अव विकास निर्माणकाे कामलाई गति दिनु पर्ने वताए । उनले चालु आर्थिक मसान्त सक्न अब मात्र ३ महिना मात्र बाकी रहेकाेले आ आफ्नाे ठाउँबाट विकास निर्माणकाे काममा जुटन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे ।

गाउँ सभामा उपाध्यक्ष बबिता सिंह, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली कुशवाहा, सुबाष यादव, प्रभु नाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद पटेल लगायतका गाउँ सभा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *