वीरगन्ज :

जगरनाथपुरकाे जमुनियाबाट ट्रान्सफरमर चाेरी

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.6kViews
1001 Shares

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ जमुनियाबाट डिप बाेरिङकाे लागि जडान गरिएकाे ट्रान्सफरमर चाेरी भएकाे छ । गएराति अज्ञात समुहले ट्रान्सफरमर चाेरेर लगेका हुन् ।

सिचाई कार्यालयबाट डिप बाेरिङ्गकाे लागि जडान गरिएकाे ५० केभिएकाे ट्रान्सफरमर साेमबार राति चाेरी भएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पुष्टि गरे । उनले ट्रान्सफरमर चाेरीले २५ विघा कृषि सिचाई प्रभावित हुने वताए ।

स्थानियका अनुसार चाेरी भएकाे ट्रान्सफरमर प्रहरी चाैकी पाण्डेपुर भन्दा ५ सय मिटर दुरीमा मात्र थियाे । रातिमा प्रहरी गस्ती नभएका कारण ट्रान्सफरमर जस्ताे सार्वजनिक सम्पती चाेरी भएकाे स्थानियहरुकाे भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *