वीरगन्ज :

जगदम्बा इन्टरप्राइजेजको धुवाँले प्रदूषण, स्थानीयहरू आन्दोलित

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.1kViews
1908 Shares

वीरगंज, २१ चैत – वीरगंजस्थित जगदम्बा इन्टरप्राइजेज प्रालि बाट निस्किएको अत्यधिक धुवाँका कारण स्थानीय बासिन्दा आन्दोलित भएका छन्। पछिल्लो एक हप्तादेखि उद्योगको चिम्नीबाट निस्किएको बाक्लो धुवाँले साँस फेर्नै मुस्किल भएको भन्दै स्थानीयहरूले बिहीबार बिहान उद्योग घेराउ गरेका हुन्।

बिहानैदेखि हजारौं स्थानीय उद्योगको अगाडि जम्मा भई नाराबाजी गर्दै विरोधमा उत्रिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

वडा नम्बर ३२ का अध्यक्ष रेयाज मिया का अनुसार, उद्योगबाट निस्किएको प्रदूषित धुवाँको विषयमा उद्योग प्रशासनलाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएपछि स्थानीयहरू आन्दोलन गर्न बाध्य भएका हुन्।

विरोध चर्किएपछि स्थानीय प्रशासनले उद्योग र प्रभावित क्षेत्रका बासिन्दाबीच वार्ता गराउने पहल गरिरहेको छ। तर, स्थानीयहरू तत्काल समाधानको माग गर्दै आन्दोलन कायमै राख्ने अडानमा छन्।

यसबारे उद्योग प्रशासनले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *