काठमाडौँ, २ चेत्र । तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूलाई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याइ थप उपचार भइरहेको छ । उनीहरूलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया