वीरगन्ज :

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

श्रेणी : प्रदेश

10 months
Pradeep Sah
1.9kViews
1071 Shares

सिन्धुली,२१ पुस । छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै छोरा ४९ वर्षीय लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

डोमान सिंहले घरायसी विवादका क्रममा गल प्रहार गर्दा लिला गम्भीर घाइते भएको थिए। गम्भीर घाइते भएका लिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले डोमान सिंहलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *