वीरगन्ज :

छोराको हत्या आरोपमा बाबुआमा प्रहरी हिरासतमा

श्रेणी : अपराध

1 week
Pradeep Sah
1.9kViews
1078 Shares

हेटाैडा, २२ फागुन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीस्थित अदुवाबारीमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएको विषयमा मृतक भरतकुमार भ्लोनका बाबुआमालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा आफ्नै बाबुआमाको कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।

मकवानपुर प्रहरीले उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ । यसअघि घटनमा घाइते भएका भ्लोन दम्पतिको प्रहरीको निगरानीमा भक्तपुरस्थित इवा मुरा अस्पतालमा उपचार भएको थियो । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डिएसपी श्यामु आर्यलले जानकारी दिए ।

‘घटनाको विषयमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिएका छौं ।’ प्रवक्ता अर्यालले भने, ‘हिरासतमा राखेर घटनको बारेमा भ्लोन दम्पतीमाथि अनुसन्धान हुन्छ ।’

प्रवक्ता अर्यालले उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरतको हत्या गरेको आरोप लागेको बताए । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु औजारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरतले भ्लोन दम्पतीको आँखामा खुर्सानीको धुलो छरेको र उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *