वीरगन्ज :

छुवाछुत र जातीय भेदभावविरुद्ध मधेशमा अभियान सुरु

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.3kViews
1132 Shares

बीरगन्ज,२१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा मधेश प्रदेशमा सामाजिक समानताको सन्देश फैलाउने उद्देश्यले विशेष अभियान सुरु गरिएको छ। पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकाबाट अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

अभियानको उद्घाटन बीरगन्जमा आयोजित कार्यक्रममा केन्द्रीय संयोजक नजबुल खानको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्ण थिए।

अभियानले महिलालाई परिवार वा श्रीमान्को नामको पहिचानबाट हटाएर आफ्नै वास्तविक नामबाट सम्बोधन गरिनुपर्ने सन्देश पनि बोकेको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा जातीय विभेद, पहिचानजन्य अपमान र छुवाछुतजस्ता सामाजिक विकृतिविरुद्ध जनचेतना जगाउनुपर्नेमा वक्ताहरूले विशेष जोड दिए।

कार्यक्रममा महिला तथा बालकल्याण शाखाकी सावित्री कुँवर भण्डारी, निर्मला पोख्रेल, सुधीरजंग राणा, पत्रकार अमित अग्रवाल, सामाजिक शाखाका अधिकृतहरू बुद्धिमाया गुरुङ र काजल परियारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *