वीरगन्ज :

छिटोछरितो न्याय सम्पादन गर्ने प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको प्रतिबद्धता

श्रेणी : BANNER

2 years
birgunj report
155Views
0 Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू छिटोछरितो न्याय सम्पादन र गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भावी कार्ययोजना प्रस्तुत गर्दै न्यायिक सुधार गरेर आमजनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्ययोजनामा साधन स्रोतको व्यवस्थापन‚ न्याय सम्पादन‚ अदालतहरूको कार्यबोझ‚ जनशक्ति र बजेट‚ मुद्दा व्यवस्थापनमा सुधार र फरक मुद्दा व्यवस्थापन पद्धति‚ फैसला कार्यान्वयनको विषय समेटिएको छ ।

उनले आफूले १८ हजार ६८२ वटा मुद्दाको फैसला गरेको भन्दै फैसला कार्यान्वयनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए । झापादेखि दार्चुलासम्म पुगेर काम गरेको भन्दै उनले न्याय सम्पादनमा सुधार ल्याउने बताए । उनले २०६१ सालमा १ लाख १० हजार मुद्दा रहेकोमा २०८० मा आइपुग्दा ३ लाख ३७ हजार पुगेको जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दाको बोझ बढेको पनि बताए । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो ।

१० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेकोमा एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका थिए । अहिले समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिसकेपछि समितिले अहिले सुनुवाइ प्रक्रिया टुंग्याउन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *