वीरगन्ज :

छाेरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवा पुर्पक्षका लागि जेल चलान

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.0kViews
1551 Shares

बीरगन्ज,१८बैशाख । पर्सा जिल्ला अदालतले आफ्नी छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवालाई पुर्पक्षको लागि कारागार(जेल) मा पठाएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले बुधबार ती बुवालाई हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

पर्सा प्रहरी र साइबर ब्यूरो भोटाहिटी काठमाडौंको संयुक्त टोलीले चार साता अघि छोरीलाई बलात्कार गरेको आरोपमा बीरगन्जको छपकैयाका ३४ वर्षीय बुवालाई पक्राउ गरेको थियो ।

उनले इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्सयुअल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौं भोटाहिटीले प्राप्त गरेपछि शंकास्पद कागजातको आधारमा ती बुवालाई चैत २२ गते बीरगन्जबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *