वीरगन्ज :

छाडा कुकुरकाे टोकाइबाट एकको मृत्यु

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
1.9kViews
1271 Shares

विराटनगर, २२ चैत्र । कुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो ।

स्थानीयका अनुसार मगरलाई बिहीबार बिहान ९ बजे कुकुरले टोकेको थियो । दायाँ खुट्टाको पिँडुलामा कुकुरले टोकेपछि उनी सडकमा ढलेका थिए । सडकबाट स्थानीयले उद्दार गरी नगर अस्पताल बेलबारी लगेका थिए ।

बेलबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । बेलबारी-१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार कोशी अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

कुकुरले टोकेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *