वीरगन्ज :

‘चोर र पुलिस’को ट्रेलर

श्रेणी : कला / साहित्य

3 years
birgunj report
31Views
0 Shares

काठमाडौं । कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा सिनेमामा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईलगायत कलाकारहरुको अभिनय छ ।

लामो समयपछि धीरेन र राजेन्द्रले यही सिनेमामार्फत रजतपटमा गर्दैछन् । घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारवाही वरपर सिनेमाको कथा घुमेको छ ।

रोमान्स, इमोसन र एक्सन मिश्रीत सिनेमामा बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खलपात्रको भूमिकामा छन् । आरएल लामा मोक्तान निर्देशित सिनेमालाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् ।

जीवन लामा कार्यकारी निर्माता रहेको सिनेमाका सह–निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् ।

रामेश्वर हुमागाईले खिचेको सिनेमाका गीतमा विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन गरेको सिनेमामा राजु किराँतीको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *