
श्रेणी : अपराध
काठमाडौं,०१ जेठ । चोरी र लिखतसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका शिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–४, खोरीयागाउँका २६ वर्षीय तामाङमाथि उच्च अदालत पाटनले २०८० साल जेठ ५ गते ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। फैसला आएपछि उनी फरार रहँदै आएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरी हाल फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको जनाएको छ।
तामाङमाथिको मुद्दा चोरी र लिखतसम्बन्धी कसुरमा आधारित रहेको र लामो समयदेखि फरार रहेका कारण प्रहरीले उनलाई खोजी गर्दै आएको थियो। अन्ततः सफलतापूर्वक पक्राउ गरिएसँगै अब न्यायिक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया