वीरगन्ज :

चोरीको मोबाईल लिने विषयमा दुई समूहबीच झडप हुँदा युवककाे मृत्यु

श्रेणी : अपराध

4 weeks
Pradeep Sah
2.5kViews
1463 Shares

काठमाडौं, २९ माघ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित कुमारीगालमा सानो मोबाइल विवादले दुई समूहबीच झडप हुँदा एक युवकले ज्यान गुमाएको घटना सार्वजनिक भएको छ ।

आइतबार बिहान झिसमिसेमा भएको झडपमा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराका अनुसार मोबाइल चोरीको विषयले विवाद चर्किएर उक्त झडप भएको खुलासा भएको छ ।

‘एउटा समूहले मोबाइल चोरेको देखेपछि अर्को समूहले उक्त मोबाइल फिर्ता गर्न खोज्दा झडप भयो,’ एसपी बोहोराले बताए, ‘सोही झडपमा संघर्ष कार्की गम्भीर घाइते भएका थिए ।’

घटनास्थलमा पुगेको प्रहरीले कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले युनिक लामा भनिने नुर्वु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र २० वर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ । शेर्पाविरुद्ध पाँच पटक र तामाङविरुद्ध दुई पटक अभद्र व्यवहारको मुद्दा दर्ता भइसकेको प्रहरीले जानकारी दिएको छ ।

यसै घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेका छन्। फरार व्यक्तिको खोजीका लागि प्रहरीले ट्रयाकिङ गरिरहेको बताइएको छ ।

पक्राउ परेकाहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनालाई समाजको संवेदनशील अवस्थाको प्रतिबिम्बका रूपमा पनि हेरेको बताएको छ। “सानो विषयमा पनि यसरी ज्यान जाने घटना चिन्ताजनक छ,” एसपी बोहोराले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *