वीरगन्ज :

चोरीको गहना बिक्रीका क्रममा विवाद, बालककाे हत्या

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.8kViews
1420 Shares

सुर्खेत,०५ फाल्गुन । दैलेखमा एक बालिकाको हत्या भएको छ । जिल्लाको दुल्लु नगरपालिकाका १९ वर्षीया बालकको चोरीको सुनका गहना बिक्री गर्नै क्रममा विवाद हुँदा हत्या भएको दैलेख प्रहरीले जनाएको छ । बालकको हत्या गरेको अभियोगमा सोही ठाउँका १४ र १७ बषर््ीया दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए । घर परिवारले खोज्दा नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । ‘परिवारले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको छ,’ प्रहरी निरीक्षक सुनारले बताए ।

प्रहरीका अनुसार हत्या गरिएका ११ वर्षीय बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए । उनीहरूले हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए । ‘त्यही सुनका गहना बिक्रीकै विषयमा विवाद भएछ । ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ’ प्रहरी निरीक्षक सुनारले भने ।

दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । ‘हामीले बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे अनुसन्धान गर्‍यौ,’ उनले भने, ‘पछि शनिवार दुई बालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले २५ गते नै हत्या गरेर घर नजिकै खाल्डो खनी गाडेका छौं’ भन्ने बयान दिएका थिए ।’

पक्राउ परेका दुवै बालकमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *