
श्रेणी : मधेस
काठमाडौं,१८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।
जसपा नेपालको परिपत्रअनुसार, स्थानीय तहको अधिवेशनपछि प्रदेश समिति तथा पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गतेभित्र सम्पन्न गरिनेछ। साथै, वैशाख मसान्तसम्म भ्रातृ संगठनहरूको अधिवेशनसमेत सम्पन्न गर्ने पार्टीको निर्णय भएको छ।
पार्टीले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत पार्टी प्रवेश, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधिहरूलाई थप सक्रिय बनाएको जनाएको छ।
यो अभियान २०८२ वैशाख मसान्तसम्म निरन्तर सञ्चालन हुने बताइएको छ।

प्रतिक्रिया