वीरगन्ज :

चुच्चे नक्सा नसमेटिएकोबारेमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने

श्रेणी : BANNER

2 years
birgunj report
186Views
0 Shares

काठमाडौँ । चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा कुरा उठाउने भएका छन् ।

शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मलेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनीतिक तवरबाट कुरा राख्ने बताएका हुन् ।प्रवक्ता सापकोटाले चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै कुटनीतिक तबरबाट यसको समाधान खोज्ने बताए ।उनले भने, ‘चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ ।’केही दिन अघि चीनले भारतको अरुणाचललाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सामा नेपालको चुच्चे नक्सा भने समावेश गरिएको छैन । सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमले गठबन्धन दलहरूबीच कुनै विवाद नभएको दाबी गरे । उनले सत्ता साझेदार दल नेपाली कांग्रेससँग खटपट नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *