वीरगन्ज :

चीनसँग क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको सम्झौता हुने

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन र बंगलादेशसँग विद्युत व्यापारको सम्झौता हुने बताएका छन् । युवा दिवसका अवसरमा शनिबार भरतपुर महानगरपालिकाले पटिहाहनीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले दुई देशबीचको मित्रताको आधारमा विद्युतको उत्पादन बढाएर व्यापार गर्न लागेको उनले बताए ।

उनले भने,’छिट्टै काठमाडौँमा विशेष समारोहसहित घोषणा गर्दैछौँ ।’ आफू इटाली जाँदा रोममा बङ्गलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उनले बताए ।

उनले भने, ‘पहिलो पटक नेपालको इतिहासमा भारतको बाटो हुँदै बङ्गलादेशमा विद्युत् व्यापार गर्ने सहमति भएको छ ।’ आफू छिट्टै चीन भ्रमणमा जान लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजनामा सहयोग गर्ने मनसायमा रहेको बताए । त्यसका साथै भौतिक पूर्वाधार र विद्युतका क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको उनले बताए ।

‘हामीले जसरी भारतसँग क्रस बोडर ट्रान्समिसन लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ । अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोडर ट्रान्समिसन लाइन बनाउने कुरामा सहमति हुनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।’

आफू छिट्टै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लागेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ती नै हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *