वीरगन्ज :

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा थप सतर्कता

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
6Views
0 Shares

छिमेकी चीनमा कोभिड सङ्क्रमण बढेपछि भारतको स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको छ। त्यहाँको सरकारले देशमा भेटिएका सबै सङ्क्रमितको जिन सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ ।

केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन पनि निर्देशन दिएको छ । सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष भने सङ्क्रमणदर निकै न्यून छ ।

सरकारी तथ्याङ्कअनुसार सातामा १२ सयको सङ्ख्यामा कोभिड सङ्क्रमणहरू देखिएका छन् । नेपालको छिमेकी भारतमा दुई अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेका छन् ।

मङ्गलबार मात्रै केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना सङ्कलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ ।

चीनमा कठोर लकडाउन खुकुलो बनाए लगत्तै कोभिड सङ्क्रमणदर उच्च भएपछि भारतमा पनि पुनः सङ्क्रमित बढ्न सक्ने चिन्तामाझ सरकारले यस्तो कदम चालेको हो । सङ्क्रमितहरू उपचारका लागि आउन थालेपछि चीनमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा चाप बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *