वीरगन्ज :

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
7Views
0 Shares

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा बुधबार मध्याह्न उनको निधन भएको हो । नेता चियाङ ९६ वर्षका थिए ।

केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गरेका थिए ।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिएनन् । तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *