वीरगन्ज :

चिसोका कारण बीरगन्जमा विद्यालयहरू तीन दिनका लागि बन्द

श्रेणी : मधेस

8 months
Pradeep Sah
1.7kViews
1727 Shares

बीरगन्ज,२३ पुस । चिसोका कारण बढ्दो जनजीवनको कठिनाइलाई ध्यानमा राख्दै बीरगन्ज महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका विद्यालयहरूमा तीन दिनको जाडो विदा घोषणा गरेको छ।

महानगरका शिक्षा अधिकृत हरि राउतद्वारा मंगलबार जारी सूचनाअनुसार, भोलि (पुस २४ गते बुधबार)देखि पुस २६ गते शुक्रबारसम्म महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहनेछन्। विदा दिनुको विकल्पस्वरूप यो समय वर्षे विदाबाट कटौती गरिने उल्लेख गरिएको छ।

तराई–मधेस क्षेत्रमा एक सातादेखि बढ्दो चिसो र शीतलहरले बालबालिका, ज्येष्ठ नागरिक, र श्रमिकहरूलाई गम्भीर प्रभावित बनाएको छ। हुस्सु लाग्ने र शीतलहर चल्ने क्रमले जनजीवन थप कष्टकर बनाएको छ।

पर्सा जिल्लाका बीरगन्जसहित १२ वटा पालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरिसकेका छन्। तर, जिराभवानी र ठोरी गाउँपालिकाले भने हालसम्म जाडो विदा दिने निर्णय गरेका छैनन्।

चिसोले बालबालिकाको स्वास्थ्य र विद्यालय जाने क्षमतामा असर पर्न सक्ने भएकाले तीन दिनको जाडो विदा राहतपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *