वीरगन्ज :

चिसोका कारण गौरका विद्यालयहरू थप ३ दिनका लागि बन्द

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.1kViews
1646 Shares

रौतहट,०९ माघ । गौर नगरपालिकाले अत्यधिक चिसोका कारण नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई माघ ८ देखि माघ ११ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षा संयोजक उत्तम कुमार उपाध्यायद्वारा जारी सूचनामा चिसोका कारण विद्यार्थीहरूको पठनपाठन र स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिइएको उल्लेख छ।

पछिल्ला केही दिनदेखि मधेस प्रदेशभर चिसो हावा, घना हुस्सु, र नदेखिएको घामका कारण जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *