वीरगन्ज :

चिल्ड्रेन ग्राडेन स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.6kViews
1687 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ कुमाल्ह टाेलमा रहेकाे चिल्ड्रेन ग्राडेन स्कुलमा शुक्रबार निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ ।

स्कुलकाे आयाेजना र स्माइल डेन्टल केयर एण्ड पाेली क्लीनिक वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा एक सय ५ जनाकाे दाँतकाे परिक्षण गरिएकाे विद्यालयले जनाएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे शिविरमा क्लीनिकका डा भावना कुमारी झा, डा शलिनी गिरी, डा बन्धना ठाकुर, डा प्रिया मण्डलले विद्यार्थीहरुकाे दाँतकाे परिक्षण गरेका थिए ।

विद्यालयकी संचालक एवम् प्रिन्सपल राेशनी श्रीवास्तवकाे अध्यक्षतामा भएकाे शिविरमा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, स्माइल डेन्टल क्लीनिकका संचालक डा. अमिर आलम, पत्रकार दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *