वीरगन्ज :

चिल्ड्रेन गाडेन स्कुलको वार्षिक खेलकुद दिवस सम्पन्न

श्रेणी : खेलकुद

1 year
Pradeep Sah
1.8kViews
1509 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ७ मा रहेको चिल्ड्रेन गाडेन स्कुलले शनिबार बार्षिक खेलकुद दिवस मनाएकाे छ ।

स्कुलकी प्रिन्सिपल रोशनी श्रीवास्तवको अध्यक्षता एवम् प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राईको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

विद्यालयले आयाेजना गरेकाे विभिन्न प्रतियाेगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रम मै प्रमाणपत्र समेत वितरण गरिएकाे विद्यालयका निर्देशक प्रकाश कर्णले वताए ।

कार्यक्रममा वाेल्दै प्रमुख अतिथी राईले विद्यालयले अहिले शिक्षा संगै अन्य क्रियाकलापमा सक्रिय रुपमा विद्यार्थीहरुलाई अगाडि बढाउने काम गरिरहेकोमा सराहना गरे ।

कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, समाजसेवी तथा अन्य ब्यक्तिहरुको उल्लेखनीय सहभागीता रहेको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *