वीरगन्ज :

चिनियाँ टोली र राष्ट्रपतिबीच भेटवार्ताः दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

काठमाडौँ । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेटवार्ता गरेको छ ।

तीन दिने नेपाल भ्रमणका लागि आइतबार बिहान आएको टोलीले दिउँसो राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेको हो । भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिककालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । चिनियाँ टोली श्रीलंकाको भ्रमण सकेर आइतबार बिहान काठमाडौं आइपुगेको हो ।

यसैबीच इटाली भ्रमणमा रहेका भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युनसँग भर्चुअल संवाद गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाल र च्या च्युनबीच आइतबार भर्चुअल माध्यमबाट संवाद भएको हो । प्रधानमन्त्री दाहाल र नेता च्या चुनबीच अपरान्ह ४ बजे संवाद भएको सचिवालयले जानकारी दिएको छ । संवादमा दुई देशका आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *