श्रेणी : BANNER
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौं आइपुगेको छ । चिनियाँ टोली श्रीलंकाबाट काठमाडौं आएको हो । टोलीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा रहेको टोलीको प्रधानमन्त्रीसँग भने भेट हुनेछैन ।
टोलीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटवार्ता गर्नेछ । निकट भविष्यमै प्रचण्डको चीन भ्रमणको तयारीस्वरुप चिनियाँ नेताहरू काठमाडौं आएको बताइएको छ । यसअघि शनिबार चिनियाँ विदेश मन्त्रालयका पाँच अधिकारीहरु काठमाडौं आइपुगिसकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने बताइएको छ । चीनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका बेला बिआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा तयारी गरिरहेको बताइएको छ।
प्रतिक्रिया