वीरगन्ज :

चितुवाको आक्रमणबाट साढे दुई वर्षीय बालकको मृत्यु

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.8kViews
1970 Shares

बर्दिया,०४ फागुन । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणबाट साढे दुई वर्षीय बालकको मृत्यु भएको छ।

घरको आँगनमा खेलिरहेका बालक अचानक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो।

प्रहरीका अनुसार, कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाले बालकलाई आक्रमण गरेको हो। राप्ती सोनारी गाउँपालिका–५ का रचना चलाउनेका छोरा रिहानलाई चितुवाले आक्रमण गरी मृत्युमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिएका छन्।

बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *