श्रेणी : प्रदेश
      2.8kViews
      
      
      1622
      Shares
      
      
दाङ, २५ माघ । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । मधुवन नगरपालिका वाडा न. ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार चितुवाले आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले बताए ।
लामिछानेलाई घर नजिकै नेपाल–भारत सिमानामा क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो ।
चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले हल्लाखल्ला गरेपछि चितुवा छोडेर भागेको स्थानीयले बताए ।
लामिछानेलाई स्थानीयले जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको डिएसपी घर्ती मगरले बताए ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया