
श्रेणी : समाचार
काठमाडौं । चितवन क्षेत्र नम्बर दुईबाट आफूलाई विजयी गराउन माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । मंसिर ४ को निर्वाचनमा विजयी भएका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद गुमाएपछि निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले आफूलाई स्वतः निर्वाचित घोषित गर्न माग गर्दै आइतबार आयोगमा निवेदन दिएका हुन् ।
चितवन २ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा माघ १३ गतेको सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमाइसकेका छन् । अदालतको फैसलापछि दोस्रो नम्बरमा रहेका श्रेष्ठले आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।
श्रेष्ठले मंसिर ४ को निर्वाचनकै समयमा लामिछानेको नागरिकता विवादमा पाँचवटा उजुरी परे पनि आयोगले त्यसमा कारवाही नगरेको बताएका छन् ।

प्रतिक्रिया