वीरगन्ज :

चितवन–२ बाट रवि लामिछाने ४९ हजार २६१ मत ल्याई विजयी

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ ।

लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् । एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६४९ मत आएको छ ।

कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम प्रतिस्पर्धी काँग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन–२ बाटै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *