
श्रेणी : प्रदेश
चितवन,०८ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना–१ क्याङसिराङका ५१ वर्षीय बिरू चेपाङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
बुधबार मध्यान्हको समयमा बिरू चेपाङ आफ्ना भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गर्दा बाटोमै चट्याङ परेको थियो। प्रहरीका अनुसार चट्याङ लागेपछि बिरूको तत्कालै ज्यान गएको हो भने दिलबहादुर सामान्य घाइते भएका छन्।
घटना मुग्लिन बजारबाट करिब ४५ किलोमिटर पूर्व-दक्षिणमा पर्ने दुर्गम क्षेत्रमा भएको थियो। प्रहरी टोली राति ९ बजेतिर घटनास्थलमा पुगेको थियो।
बिरू चेपाङको शव पोष्टमार्टमका लागि आज बिहान करिब ३ बजे भरतपुर अस्पताल ल्याइएको प्रहरी प्रवक्ता डिएएसपी रविन्द्र खनालले जानकारी दिए।


प्रतिक्रिया