वीरगन्ज :

चिकित्सक संघको हड्तालले बिरामी मारमा

श्रेणी : स्वास्थ्य

3 years
birgunj report
26Views
0 Shares

काठमाडौं । चिकित्सकमाथि कुटपिट भएको भन्दै त्यसको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि वीर अस्पतालमा उपचारमा आएका बिरामीको विचल्ली भएको छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामीहरूले आफूहरूले सेवा नपाएको गुनासो गरेका छन् । वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरू अलमलमा देखिएका थिए।

सुरक्षा गार्डहरूले आज ओपीडी सेवा बन्द भएको जानकारी दिएपछि बिरामीहरू निराश बनेका थिए। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *