वीरगन्ज :

चिकित्सकमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा राखिने

श्रेणी : BANNER

2 years
birgunj report
66Views
0 Shares

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना राखिने भएको छ । बुधबार गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गरी देशका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्थाहरु उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्नेगरी राख्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

पछिल्लो समय दिनहुँजसो चिकित्सकमाथि आक्रमण हुन थालेपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मी अहिले आन्दोनमा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *