वीरगन्ज :

चिकित्सकमाथि कुटपिटपछि मलंगवा अस्पतालको सेवा ठप्प

श्रेणी : अपराध

2 days
Pradeep Sah
2.1kViews
1024 Shares

जनकपुर,०७ साउन । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएपछि अस्पतालको ओपीडीबाहेकका सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी मारमा परेका छन्।

सोमबार राति दुर्घटनापछि हड्डी भाँचिएर आएका एक बिरामीलाई अन्यत्र रेफर गर्ने विषयमा विवाद हुँदा बिरामीका आफन्तले अस्पतालका अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गर्दै मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन्।

घटनापछि अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदै आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका हुन्। नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

अस्पतालको ओपीडी सेवा बन्द हुँदा गाउँगाउँबाट आएका बिरामी उपचार नपाएर समस्यामा परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *