वीरगन्ज :

चालु वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

श्रेणी : अर्थ

4 months
Pradeep Sah
1.7kViews
1811 Shares

काठमाडौं, २७ चैत्र । एसियाली विकास बैंक (ADB) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ३.९ प्रतिशतभन्दा केही सुधार हो। एडीबीले आगामी आर्थिक वर्षमा भने वृद्धि दर ५.१ प्रतिशतमा पुग्ने अनुमान गरेको छ।

एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले अमेरिकी ट्यारिफ घोषणाका कारण एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिमा प्रभाव परेको जनाए। उनका अनुसार अमेरिकाको नीतिगत अनिश्चितताले क्षेत्रीय वृद्धि दर ४.९ प्रतिशतमा सीमित हुने देखिएको छ।

एडीबीले अमेरिकाको आर्थिक वृद्धि दर गत वर्षको २.८ प्रतिशतबाट घटेर यस वर्ष २ प्रतिशत र आगामी वर्षमा १.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। यस्तै, अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने देखिएको छ, किनभने दुवै देश गम्भीर व्यापार युद्धमा तानिएका छन्।

तर, यति हुँदाहुँदै पनि दक्षिण एसियाको वृद्धि दर ५.८ प्रतिशतबाट ६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ।

नेपालको सन्दर्भमा एडीबीका अर्थशास्त्री मानवरसिंह खड्काले चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि सकारात्मक हुने बताए। निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको र ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान हुने प्रक्षेपण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यो वर्ष थप ९०० मेगावाट विद्युत उत्पादन हुने अनुमान गरेको छ।

यस्तै, पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक रहने छ। व्यापार, पारवहन र कानूनी सुधारहरूले सेवा क्षेत्रमा थप योगदान गर्ने बताइएको छ।

एडीबीले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित रहने र आगामी वर्षमा यो दर ५ प्रतिशतमा झर्ने अनुमान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *