वीरगन्ज :

चार युवतीलाई भारत बेच्न लागेका व्यक्ति पर्साबाट पक्राउ

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.7kViews
1629 Shares

बीरगन्ज,०६ असार । चार जना नेपाली युवतीलाई भारततर्फ लैजाँदै बेचबिखन गर्न खोजिरहेका एक व्यक्ति पर्साबाट प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखनको गम्भीर आरोपमा चितवन माडी नगरपालिका–८ का ४१ वर्षीय दीपक खड्का पक्राउ परेका हुन्।

प्रहरीका अनुसार खड्काले इलाम र रोल्पाका युवतीहरूलाई विदेश रोजगारीका नाममा प्रलोभन देखाउँदै भारततर्फ लैजाँदै थिए। उनले युवतीहरूलाई ‘फ्रि भिसा र फ्रि टिकट’मा दुबई र ओमान पठाइदिने भन्दै फकाएको खुल्न आएको छ।

बुधबार पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजार नजिकबाट खड्कालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका खड्कासँग २०८१ र २०८२ सालमा जारी गरिएको चारवटा परिचयपत्रसहित ‘जिर्मल’ र ‘उकाला’ नामक व्यक्तिका नाममा परिवर्तन गरिएको विवरण फेला परेको प्रहरीले जनाएको छ। ती परिचयपत्रहरूमा चार युवतीको विवरण रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार खड्कामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। उनलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *