वीरगन्ज :

चार प्रदेशमा भारी वर्षाको सम्भावना

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
2.8kViews
1153 Shares

काठमाडौं,०६ असार । देशभर मौसम बदली भइरहेका बेला आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा सक्रिय मनसुनी प्रणालीसँगै पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको महाशाखाको विश्लेषण छ।

यसको असरले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन्।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि यस्तै अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *