वीरगन्ज :

चार नेपाली ब्राउन सुगरसहित रक्सौलमा पक्राउ

श्रेणी : मधेस

4 months
Pradeep Sah
1.6kViews
1974 Shares

वीरगन्ज, २७ मसिर । भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका – १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका रामकिशोर साह कानु र पर्साको रामटोलका राजेश प्रसाद यादव रहेका छन् ।

चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ ।

यसअघि पनि सो क्षेत्रमा मादक पदार्थसहितको तस्करीको घटना सार्वजनिक भइसकेको छ। स्म्याक र ब्राउन सुगरको कारोबार तथा तस्करीका घटनाका कारण यो क्षेत्र बदनाम रहेको छ। तर, हालै आएका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा लगातार कारबाहीहरू भइरहेका छन्, जसले अपराधीहरूमाझ त्रास फैलाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *