वीरगन्ज :

चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
25Views
0 Shares

काठमाडौं । विकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज रिहा भएका छन् । शुक्रबार उनी १९ वर्ष २ महिना कैद बसेर  रिहा भएका हुन् ।   उनलाई केन्द्रीय अध्यागमन विभागको जिम्मा लगाइएको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

शोभराज ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएकोले मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *