वीरगन्ज :

चन्द्र नहरमा डुबेर एक पुरुषको मृत्यु

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.5kViews
1769 Shares

राजविराज,०९ भदाै । सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोगनपुरका ४६ वर्षीय सत्रुधन सरदारको चन्द्र नहरमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले दिएको जानकारीअनुसार सरदार आज साँझ मद्यपानपछि नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए। स्थानीयले खोजतलास गर्ने क्रममा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

यसअघि पनि करिब एक हप्ताअघि सोही नहरमा कञ्चनरुप–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको डुबेर मृत्यु भएको थियो। लगातार हुने घटनाले स्थानीयस्तरमा नहर क्षेत्रमा सुरक्षात्मक व्यवस्थाको आवश्यकताबारे चासो बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *