वीरगन्ज :

घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1779 Shares

बीरगन्ज,३१ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूलाई जोडिएको ‘घुस डिल’ अडियो प्रकरणको छानबिन सहज होस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएका छन्।

गुप्ताले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको सार्वजनिक गरेका हुन्। उनका स्वकीय सचिव शिव पटेलले पनि राजीनामाको पुष्टि गरेका छन्।

फेसबुक पोस्टमा गुप्ताले लेखेका छन्, “विगत केही दिनदेखि मेरो नाम ‘घुस डिल’ संग जोडेर प्रचार गरिएको देख्दा म अचम्ममा परें। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भएको महसुस गर्दैछु।”

आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको गुप्ताको भनाइ छ।

गुप्ताले थप लेखेका छन्, “प्रविधिको दुरुपयोगबाट अरू कोही पीडित नहोस् भन्ने आशा राख्दै, आजसम्म मेरो साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु।”

पार्टीको जिम्मेवारीप्रति अझ बढी प्रतिबद्ध भएर जनता सामु जाने बताउँदै गुप्ताले आफू फेरि जनताको घरदैलोमा आउने प्रतिवद्धता व्यक्त गरेका छन्।

यसअघि सार्वजनिक एक अडियो क्लिपमा मन्त्री गुप्ताको नाम ‘घुस डिल’ सन्दर्भमा मुछिएको भन्दै विभिन्न तहबाट आलोचना हुँदै आएको थियो। अब यो प्रकरणले कानुनी मोड लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *