वीरगन्ज :

घुससहित मालपोत कार्यालय बाराका खरिदार र लेखापढी पक्राउ

घुससहित मालपोत कार्यालय बाराका खरिदार र लेखापढी पक्राउ

श्रेणी : BANNER

2 years
Pradeep Sah
41Views
0 Shares

वीरगंज । मालपोत कार्यालय बारामा कार्यरत खरिदार र लेखापढी गर्ने पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दुई जनालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

पक्राउ पर्नेमा मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाह छन्।

जग्गा रजिष्ट्रेशन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *