वीरगन्ज :

घरदैलो अभियानमा अशोक टेमानी, पर्सा–२ मा संवादमुखी चुनावी माहोल

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.4kViews
1530 Shares

वीरगंज (पर्सा), १९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले चुनावी अभियानलाई औपचारिक सभाभन्दा बाहिर निकाल्दै मतदातासँग प्रत्यक्ष संवादलाई केन्द्रमा राखेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका टेमानी पछिल्ला दिनहरूमा घरदैलो तथा परिचयात्मक कार्यक्रममार्फत टोल–टोलमा पुगेर मतदातासँग संवादमा जुटिरहेका छन् ।

क्षेत्रका विभिन्न बस्तीमा स्वयं पुगेर स्थानीयको कुरा सुन्न थालेपछि टेमानीप्रति जनताको चासो र भरोसा बढ्दै गएको देखिन्छ । नारामुखी प्रचारभन्दा जनताको दैनिक जीवनसँग जोडिएका विषयमा छलफल गर्दै उनले चुनावी अभियानलाई फरक ढंगले अघि बढाएका हुन् ।

यसैक्रममा सोमबार टेमानी पर्सागढी नगरपालिका वडा नम्बर–३ अन्तर्गत बड्नियार, पकडिया टोल, चौधरी टोल र झावराह टोलमा पुगेका थिए । त्यहाँ उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या, अपेक्षा र सुझाव सुने ।

घर–आँगनमै पुगेर उम्मेदवारसँग कुरा गर्न पाउँदा स्थानीयवासी उत्साहित देखिन्थे । संवादका क्रममा सडक, नाला र भौतिक पूर्वाधारको कमजोर अवस्था, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर, सिँचाइ सुविधा, मल–बीउको अभाव तथा कृषिउपजले उचित मूल्य नपाएको गुनासो स्थानीयले उठाएका थिए ।

स्थानीयले उठाएका विषयहरूलाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता टेमानीले व्यक्त गरेका छन् । घरदैलो कार्यक्रमलाई भाषणभन्दा संवादमुखी बनाइएको भन्दै स्थानीयले यसलाई सकारात्मक पहलका रूपमा लिएका छन् ।

पर्सागढी–३ का विभिन्न टोलमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका समस्या गम्भीर रहेको स्थानीयको भनाइ छ । विगतमा निर्वाचित भएर सरकारमा पुगेकाहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको गुनासो गर्दै यसपटक मतदाताहरू सचेत निर्णयसहित परिवर्तनको अपेक्षामा रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *